Yabesh Thapa - Jhari [Official Lyrical Video]
4:36
YouTubeYabesh Thapa
Yabesh Thapa - Jhari [Official Lyrical Video]
Listen to Yabesh Thapa's new release "Jhari". Written Composed and Performed by Yabesh Thapa. Lyrical video by Gaurav Tamang. Arranged, Mixed and Mastered by Storenutter. ︎ Check out the official music video of Jhari: https://www.youtube.com/watch?v=bfYOoRsJwOw 🎵Listen to Yabesh Thapa on: ︎ Spotify: https://open.spotify.com/artist ...
已浏览 565.3万 次2020年3月25日
歌词
समयसँगै हिँड्ने कोशिश
आफैलाई चिन्ने कोशिश
भागीराछु, डर लाग्छ
कतै यो मन फेरि अल्झि लड्छ (अल्झि लड्छ)
यो झरी ओर्ली आकाशमा, घाम आएपछि
यो किरण महसुस गर्न मन छ (मन छ)
यो इन्द्रेणी आइ आकाश खुसी भए जस्तै
मलाई नि मुस्कुराउन मन छ (मन छ)
यो चराचुरुङ्गी बतासमा, खेलि हिँडे सरी
मलाई नि उडिरहन मन छ (मन छ)
यो क्षितिज माथि
यो संसार पारी
एक्लै बसि सास फेर्न मन छ (मन छ)
खोजी रहन्छु आफैलाई
यो भीड भित्र अल्झिरहेको छ कि मेरो मन?
सोधीबस्छु आफैलाई
के यही नै होर जीवन?
बर्खामा रुझिरहन्छु
फिक्का लाग्दैछ जिन्दगीका रंगहरू
कोरेका चित्रहरू सँगै
बगिगए भावनाहरू (भावनाहरू)
अन्धकारमा झस्किएको मन
उज्यालो सम्झिदा मुस्कुराई दियो
पुराना दिन सम्झि यादहरु सँगाली
मनमनै एकान्तमा हिजो झै हाँसिदियो
यो अन्धकार गई, ज्योति चम्किए पछि
मलाई नि हाँसखेल गर्न मन छ
यो भौतारी हिँडेको आत्मा कसैसँगै आई
अँगालोमा बाधिरहन मन छ
तर भिझिहिँड्छु आज
छैन कोहि वरिपरी
यो आँशु सँगै बगिरहेछन्
थोप्पा थोप्पा झरी
静态缩略图占位符